24 views - 0 comments
30 views - 0 comments
21 views - 0 comments
28 views - 0 comments

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
17-01-2017

किन सबैलाई चिन्तै-चिन्ता?

घरबार बिगिन र गरीबलाई, भरै के खाने कहाँ बस्ने भन्ने चिन्ता!
घर भाडामा बस्नेलाई, भाडा कसरी तिर्ने भन्ने चिन्ता!
घर बेटिलाई, घर भाडा नऊठलाकी भन्ने चिन्ता!
लख पती करोड पतिलाई, अरब खरब पती बन्ने चिन्ता!
खरब पतिलाई, संसारकै सबै भन्दा धनी बन्ने चिन्ता!
संसारकै धनीलाई पनि, अरुले पो उछिन्लाकी भन्ने चिन्ता!
त्यो संसारकै सबसे गरीब र सबसे धनी भएपनी?
अत्यमा धर्तिको ६ फिट मुनी वा खरानी भएर जानै पर्छ एक दिन्त!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
11-01-2017

मेरो सक्रान्ती बजार जलेको छ!

आजमेरो प्यारो सक्रान्ती बजार जलेको छ!
सैयौ बर्ष पुराना सम्म्रजनाहरु ढलेको छ!!

म कसरी हासौं, मेरा मित्रहरु रोएको बेला?
म कसरी नाचौं, मेरा मित्रहरुको मेरुडन्ड भाचेको बेला?
म कसरी मश्त निधाउ, मेरा मित्रहरुको छाप्री पनी नभएको बेला?
म कसरी मिश्ढान्न भोजन गरौं, मेरा मित्रहरुको खोले पनी नभएको बेला?

सबै सहयोगी दाताहरुलाई खुट्टा ठोकेर सलाम गर्छु!
यस्तो अवस्था देखि-देखी आफ्नै गाउका केहीले शुक्को नदिदा म आँफै लाजले मर्छु!
यश्तो ढुङ्गा जस्तो मुटु बोकेर मत खाम्लालुङ्गे वा तेह्रथुम्मे पो भनेर हाम्रो अघी नऔनु होला?

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
28-12-2016

आजको खिचडी!

केटोत उहिहो तर गर्लफ्रेन्द चाही फेरेछ?

अचानक श्रीमतिले फेला पारेपछी त्यही १२ पाथी छेरेछ! हा,,,,,,,,,हा!!

यो तपाईंको जीवन सङ्ग मिल्नगएमा यस्को पात्र तपाईंहरुनै हुनेछ? हा,,,,,,,,हा!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
27-12-2016

मान्छेत उहिहो तर बानी फेरेछ?
एउटा सानो अनुरोध गर्दा डरले सुरुवाल्मै छेरेछ?

हा,,,,,,,,हा, के भन्नु र खै खुरापातिलाई!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
25-12-2016

अबत Facebook लाई पनी Bye गर्नु पर्ला?
आफुले Hi गर्दा उनिले Bye गर्छिन!
नगर्नु पर्नेले चाँही Hi गर्छन्!

सकी गो नी??

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
25-12-2016

My 3rd Song:
Lyrics: Mr Rajendra Kumar Limbu (Pahim)
Music/Composed By: Mr Paras Mukarung
Lyrics: Miss Sunita Thegim (Limbu)

Song Title: जन्म दिने आमा हु म!

जन्म दिने आमा हु म, निस्वार्थ माया गर्छु!
तिमी नहुदाको वियोगले, पल-पलमै मर्छु!!
जन्म दिने आमा हु म!
नौ महिना कोखमा, दस धारा दुध, तिमीलाई पिलाये!
बदलामा तिमीले मलाई, आशु पिलायौ!!
जन्म दिने आमा हु म!
घर फर्की आउ, बाटो हेर्दै छु, तर आएनौ!
आमा को मन दुखाई, किन निश्ठुर खयौ??
जन्म दिने आमा हु म, निस्वार्थ माया गर्छु!
तिमी नहुदाको वियोगले, पल-पलमै मर्छु!!
जन्म दिने आमा हु म!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
12-12-2016

सन्दर्भ आयो Facebook Profile Pictures को Passport मा झै ६ महिना भित्रको फोटो हुनु पर्छ भन्नेत होइन? ४/५ बर्ष सम्मका पुरानात ठिकैछन तर 20 बर्ष भन्दा पुराना फोटो लगाउने? अयर ब्रुश लगायेर माईकल ज्याक्सन को जस्तो देरै प्लास्टिक सर्जरी पनि नगर्नु होला? वा अरु हिरो हिरोइन र मोडेलहरु को फोटो लगाउने गरेको पनी भेटिन्छ त्यसो गर्नु गयर कानुनी पनि हो? कसै-कसै ले भने फोटोनै नराख्ने पनि गरेका छन त्यस्तालाइ भने accept नै नगरनु होला? र Facebook को फोटोहरु हेरेर propose चाँही नगर्नु होला? नत्र यस्तो पनि हुन सक्छ है?

छोरी भनी भेटन जादा आमापो परीछन?

भान्जा भनी भेटन जादा मामापो परेछन??

पुर्णिमाको जुन भनी टिपन जादा!

औसिको रातपो परेछन!!

जेहोश सबैलाई आफ्नो उत्कृष्ट फोटो राख्ने ईच्छा रहन्छनै तर अतिनै चाही नगरौ भन्ने मात्र मेरो मनसाय हो। यस्ले कसैलाई असर पर्न गएमा क्षमा चाहन्छु!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
04-12-2016


यो साल्को हिउदो काट्नु गाह्रो भो?
आफुले आँफैलाई चिन्नु सारो भो??

बल्या बाङ्रा बाघलाई!
लुते लेङ्रा माघलाइ!!

आफ्नो ख्याल राख्नु होला!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
26-11-2016


यो जिन्दगीको के भर छर?
आज घर भोली त सागर!

रमाइलो गरौँ बाचुन्जेलीलाइ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
20-11-2016


अबत Facebook लाई पनी Bye गर्नु पर्ला?
आफुले Hi गर्दा उनिले Bye गर्छिन!
नगर्नु पर्नेले चाँही Hi गर्छन्!

सकी गो नी??

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
27-09-2016

यु. के. आएर प्रगती गरेकै हो?

कोही कन्सिलर भए!
कोही डक्टर भए!
कोही गायक भए!
कोही गीतकार भए!
कोही कबी भए!
कोही लेखक भए!

कोही बाजे हुनु पर्नेमा छोराको बाबु भए!!
कोही ससुरा हुनु पर्नेमा, कान्छी श्रीमतिको श्रीमान भए!

जेहोश सबैलाई बधाई छ!

रिसानी भएमा क्षमा पाउ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
18-09-2016

My 2nd Song:

लेक माथी पाखाबारी घर बेसिमा पर्यो: 

Lyrics by: Mr Rajendra Kumar Limbu (Pahim)
Composer/Vocalist: Mr Khagendra Yakso (Limbu)
Producer: Mrs Bhim Kumari Limbu (Angbuhang)

Song title: लेक माथी पाखाबारी घर बेसिमा पर्यो:

लेक माथी पाखाबारी, घर बेसिमा पर्यो, मेरो घर्बेसिमा पर्यो!
दुखियाको कर्मै खोटी, पर्देसिनु पर्यो, मैले पर्देसिनु पर्यो!!

बालापन र हाट बजारको, धेरै याद आउँछ!
यो मन ले सङ्गिनिर, पालम ख्याली गाउछ!!

लेक माथी पाखाबारी, घर बेसिमा पर्यो!
दुखियाको कर्मै खोटी, पर्देसिनु पर्यो, मैले पर्देसिनु पर्यो!!

मध्यराती आमाकतै, करायेको सुन्छु!
गाउँ बेसिको तिर्सनाले, पानी पानी हुन्छु!!

लेक माथी पाखाबारी, घर बेसिमा पर्यो!
दुखियाको कर्मै खोटी, पर्देसिनु पर्यो, मैले पर्देसिनु पर्यो!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
31-03-2016


My 1st Song:


Lyrics by: Mr Rajendra Kumar Limbu (Pahim}

Music/Composed by: Mr Tara Prakash Limbu (Jabegu)

Vocal by: Mr Pramod Kharel

Arranged By: Mr Shaha Shakya

Producers: Mrs Bhim Kumari Angbuhang (Pahim)

Date: 10-02-2016


सपनीमा मात्रै देख्छु तिमीलाई:


सपनीमा मात्रै देख्छु तिमीलाई, बिपनिमा पनी आउन!! 

जिन्दगीको लामो यात्रा साथै संगै जाउन, संगै-संगै जाउन! 

सपनीमा मात्रै देख्छु तिमीलाई, बिपनिमा पनी आउन!

पहिलो जोटी देख्दा तिमीलाई बोल्नै सकिन!! 

चाहेरनी मनका कुरा खोल्नै सकिन!! 

मेरो मनको देउरालीमा सधै भेटन आउन, 

एक अर्काको सपनालाई मिलेर सजाउन, संग-संगै सजाउन!

सपनीमा मात्रै देख्छु तिमीलाई, बिपनिमा पनी आउन!

मैले मात्र होकी तिमीलाई, मनमा सजाको!! 

एको-होरो पागल बनी माया लगाको!! 

हर-एक चाहानालाई दिलमा सजाई देउन, 

दुवै मिली मायाको घर! आजै बसाउन!!

सपनीमा मात्रै देख्छु तिमीलाई, बिपनिमा पनी आउन!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
06-04-2016

खाए पनी पिरलो नखाए पनी पिरलो!

३/४ घण्टा खाएन भने गानो चल्ने पिरलो!
अलिक गुल्यो मिठो खायो भने सुगर बढने पिरलो!
अलिक पिरो चिप्लो खायो भने रक्त-चाप बढने पिरलो!
गेडा-गुडी खायो भने बाथ बढने पिरलो!
अलि-अलि चिरिप लगाऊ भने टाउको दुखने पिरलो!
खाए पनी पिरलो नखाए पनी पिरलो!!
अब खाने र पिउने दिनहरु पनी गयेछ है!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
04-04-2016

हेर्दा-हेर्दै बार्बी-डोल बाट हेभी-ढोल पो भयेछौ!
हेर्दा-हेर्दै सिसाको बोदलको कोका-कोला बाट जम्बो बोदल पो भयेछौ!!
बेलायतमा बेस्तता छ भन्छन हो?
के बेस्तताले पनी मोटाईछ हो?
कि लण्डन को चिसोले पो भेटाएको हो??
अन्यथा नलिनु होला है, स्वास्थ्यनै धनहो!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
24-03-2016

ए पैसाई-पईसा मात्र चाहने लोभिहरुहो?

किन गर्छौ अझै लोभ!
मरेर लानु के नै पो छर!
अबत केही राख अनी केही दान गर!
एक मुट्ठी सास कती बेला रोक्किने हो छैनहै भर!!
अबत उमेर तलबाट नजोड माथिबाट घटाउ!
२१ सौ सताप्दिमा आएर नाता-नातिनीहरुलाई भनेर नजोघाऊ!
उमेर छदै खाउ र देस-बिदेश घुमन जाऊ!
पछी हात-खुट्टा चल्न छादेपछी नपछुताऊ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
14-02-2016

On the Valentine Day:

प्रिये: आजमात्र होइन, बर्सै भरी फुल-देऊ!!
प्रिये: आज-प्रेम गर्छु भनेर, ३६४ दिन धोका-नदेऊ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
03-02-2016

के तपाइलाई थाहा छ मैले पनी ५० + २ पास गरेनी?

उमेर बडदै जादा केहि कुरो बडदो रहेछ भने केहि कुरो घटदै जादो रहेछ?
उमेर बढदै जादा:
तालुको छेत्रफल बडदो रहेछ भने केशको मात्रा घटदो रहेछ!
भुडिको साइज बडदो रहेछ भने पाखुराको साइज घटदो रहेछ!
दबाइको मात्रा बडदो रहेछ भने खानाको परिकार घटदो रहेछ!
रक्तस्राप र चिनिको मात्रा बडदो रहेछ भने दृष्य सक्ती घटदो रहेछ!
४० बर्स सम्म जम्मदिन मनाउदा खुसी लाग्दो रहेछ ५० बर्स नागेपछीत दुखपो लाग्दो रहेछ!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
25-01-2016

पहिला, पहिला त्यहिबोली सुन्दा अमृत झै लाग्त्थो!
अहिले अाऐर त्यहिबोली सुन्दा बिख झै लाग्छ??
पहिला, पहिला त्यही ब्यक्ती देख्दा मित्र झै लाग्त्थो!
अहिले अाऐर त्यही ब्यक्ती देख्दा खुरापाती झै लाग्छ??
हा.............हा यो कसैको जिवनसँग मिल्न गऐमा सँयोग मात्र हुनेछ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
25-01-2016

स्वार्गिय श्रदेह दाई जैन्द्र कुमार पाहिम (लिम्बु) प्रती समर्पित!!

हाम्रो प्यारो दाई जेठा:
कता जानु भो हामीलाई एकलाई छाडेर?
कता ओझेलिन्नु भो भौंजु र छोरिहरुलाई एक्लाई पारेर??
कता बिलाउनु भो यो धर्तिलाई हल्का पारेर?
कता दिर्श्य बिहिन हुनु भो यो पापी सन्सार्लाई त्यागेर??

हामिले भुल्ने छैइनौं:
तपाइले दिनु भएको त्यो न्यानो स्नेहलाई!
तपाइले दिनु भएको त्यो असल मार्ग दर्शनलाई!!
हजुर को त्यो सुमधुर मुस्कानलाई!
हजुर को त्यो कोमल भावनालाई!!

स्मरण अझै आईरहन्छ त्यो दिनहरुको:
बाल्यकालमा संगै हासेको, बोलेको अनी खेलेको,
सगै खेती-पाती र मेला-पातमा गएको,
अधेरी खोला, भैसे खोला र फुटाको जङ्गलमा दाउरा खोजेको,
मेला-पातबाट भागेर अधेरी खोलामा पौंडी खेल्न गएको,
छिमेको काक्रालाई चौंथी हानेको,
चिमरियाको सुन्तला जुनेलिरातमा चोरि खाएको आधी.

हाम्रो अन्तिम प्रार्थना हजुर्लाई:
सबैलाइ असल ब्यक्तिनै चाहिन्दो रहेछ!
त्यसैले होला भगवानलाई पनि तपाईको जरुरत भएछ?
त्यसैले होला तपाईले त्यो अल्पायुमै हामिलाई च्वाट्टाई माया मारेर जानु भो!
हुनत हाम्रो पनि अन्तिम गन्तब्यत त्यहिहो?
ढिलो चाडो को कुरा मात्र हो!
जहा भए जे गरेनी तपाईको आत्माले चिरसान्ती पावोश!
हामी हाम्रो मनलाई समाल्ने प्रयत्न गर्दै छौं!
भौंजु र छोरिहरुलाई समाल्ने प्रयाश गर्दैछौं!
समय र परिस्थिती सङगै सबै सामान्य हुनेनै छ?
जहा भए जे-गरेनी तपाईको आत्माले चिर सान्ती पावोश!
हाम्रो अन्तिम प्रार्थना पनि यहि छ हजुर्लाई!
यहि आएर बिश्राम लिन चाहन्छु, ॐ सान्ती!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
१८-०५-२०१५

यु. के. को पानि खराब हो की हाम्रो बानी खराब हो?
यु. के. को पानि खराब हो की हाम्रो बानी खराब हो?
बुझनै गारो भो?
नौलो देश, नौलो भाशा र नया ठाउँ स्थान्तरण हुन गारो भो।
आफन्त र मित्रजनहरुबाट सहयोगत लिनु अनी दिनै पर्ने भो।
आफन्तहरुको आगमनले मन्त खुशी हुनेनै भो।
सहयोग नगर्नेत कुरै भयेन।

सबै बन्दो बस्त नभ-इनजेल फोन र स.म.स आयेको आयै भो।
सबै बन्दो बस्त भये पछी सम्पर्क क्रमस घटतै गो।
हुदा हुदै सम्पर्क नैपो बिहिन भो।
के भो? भनि सोध्धा त?
फोन नँ पो हरयो रे!
फोन को सिम-कार्ड पो चेन्ज भयो रे!
फोन पो पानिमा डुब्यो रे!
फोन को कोन्ट्राक्ट पो सकियो रे!
फोन को कोन्टाक्ट नँ- पो डिलेट भयो रे!
स्मार्ट फोन पो लिये रे आधी ईत्त्याधी!!

त्यसैले: यु. के. को पानि खराब हो की हाम्रो बानी खराब हो?
बुझनै गारो भो?

क-कस्ले आफन्त, मित्र र नँबरीहरु गुमाये औँलामा गन्दैछु!
यो तपाईहरुले र मैले भोगेको कुर भन्दैछु!
सहयोग दिनेले होइन लिनेले बुझनु पर्ने हो!
यसमा यु के को पानि होईन हाम्रो बानिपो खराबछ!
यसो गेर्ने मित्रहरुमा बिबेबताको अभाबछ!!
यु. के. को पानि खराब हो की हाम्रो बानी खराब हो?
बुझनै गारो भो?
यसमा यु. के. को पानि होईन हाम्रो बानिपो खराबछ!
यसो गेर्ने मित्रहरुमा बिबेबताको अभाबछ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङगस्टोक. यु. के.
१५-०५-२०१५


यु. के. को कालो बिरालो!


कालो बिरालोले बाटो काटे अशुभ हुन्छरे?
यो हाम्रो प्राचिन कालिन मान्यता हो?
यो हाम्रो रुडिबादी भनाई हो?
यो अन्द-बिश्वास को कुरा हो?


यदी त्यसोहो भनेत?
यु. के. मा घर बाहिर जानै भयेन?
कुनै काम्मा हिडनै भयेन?
किनकी जता-गयो उत्तै कालो बिरालो?
बाटो नकाटनेत कुरै भयेन?


यु. के. को अधिकाँस बिरालो किन कालो भको होला?
यहा अत्याधिक जाडो हुनाले कालो बस्त्र लाको होला?
नेपाल र यु. के. सबै कुरामा अन्तर छ?
त्यसैले यु. के. मा कालो बिरालोले बाटो-काटे शुभ हुन्छ रे!!


२१सौं सताप्दिमा आयेर किन बिरालोलाई दोश?
आफ्नो कार्यमा लगनसिल भयेर कार्य गरौं!
सफल्ता आबश्य निस्चितछ!
यु. के. मा कालो बिरालोलाई अशुभ होईन शुभ सन्केत मानौं!
तपाईहाम्रो सफल्ता निस्चित छ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङग्स्टक, यु.के.
३०-०३-२०१५

मेरी प्यारी आमा नेपाल!

संसरमै उच्च सिरभएकी मेरी आमा,
संसारकै सबैभन्दा सुन्दरी मेरी आमा,
गौतम बुध्धलाई जन्म दिने मेरी आमा,
बल्लभद्र कुवर र भिमसेन थापालाई जन्म दिने मेरी आमा,
बिर गोर्खलिहरुलाई जन्म दिने मेरी आमा,
मेरी प्यारी आमा नेपाल!!


आज महा भुकम्पिय दुर्घटनामा परेकी छिन!
अङग-भङग भएकी छिन,
सयौं बर्स पुराना धरा-हरा ढलेको छ,
सयौं मठ-मन्दिरहरु ध्वास्त भएका छन,
हजारौं सन्तानहरु गुमाएकी छिन,
हजारौं सन्तानहरु घाईते अनी अङग-भङग भएका छन,
लाखौं सन्तानहरु घर-बार बिहिन भएका छन,
मेरी प्यारी आमा नेपाल अहिले जिवन र मृतुको दोसाधमा छिन!!


सलाम छ!

सलाम छ सम्पुर्ण सहयोगी रास्टहरुलाई,
सलाम छ सहयोगी ब्यक्ति र ब्यक्तित्तोहरुलाई,
सलाम छ नेपाली सेना र प्रहरीहरुलाई,
सलाम छ आफु बाचेर अरुलाई बचाउने महान ब्यक्तिहरुलाई,
सलाम छ सम्पुर्ण प्रबासी सहयोगी नेपाली हातहरुलाई,
सलाम छ जोखिम मोलेर स्थलगत रेपोर्ट दिने पत्रकारहरुलाई,
सलाम छ सम्पुर्ण सत-भावना प्रकट गर्ने बिदेसी मित्रहरुलाई!!

खबरदारछ?


खबरदारछ नालायक नेताहरुलाई?
खबरदारछ भ्रस्ट नेता र कार्य-कर्ताहरुलाई?
खबरदारछ कमजोरीको फाईदा उठाउने बलतकारिहरुलाई?
खबरदारछ समयको फाईदाली जनता ठग्ने नालायकहरुलाई?
खबरदारछ जनता ठग्ने भ्रस्ट कर्मचारीहरुलाई?


हाम्रो प्रतिकज्ञ्या छ आमालाई!

हामी यो सँकटबाट बचाउनेछौं आमालाई,
हामी गरिब भयेर के भयो हार्मो दिल ठुलोछ,
हामी प्रबासमा भयौं त के भयो हार्मो आत्मा त्यहिछ,
अब हामिले सोचेको नया नेपालको सुरुवात हुनेछ,
अब हामी सुन्दर सहरहरुको निर्माण गर्नेछौं,
अब हामी युग अनुसार्को नया सम्रजनाको निर्माण गर्नेछौं,
अब हामी नालायक नेताहरुलाई बिदा गर्नेछौं,
अब हामी स्वाच्छ भावना भयेका नेताहरुको चयनगर्नेछौं,
अब हामी नया र सक्तिसाली नेपालको स्थापना गर्नेछौं!!


हाम्रो अन्तिम अनुरोध छ आमालाई!

पटक-पटक बिदेसी समचारहरुमा,
"Nepal is the poorest country in the world"
भन्दा हाम्रो उच्च सिर झुकेको छ!!
यो यथार्थलाई नकार्न पनीत सक्तैनौं!
त्यसैले धेरै महान ब्यक्तिहरुलाई जन्म दिनुयो!
अब एक सक्तिसाली राज नेताको जन्म दिनुहोला!
जस्ले यो देशलाई नया र सक्तिसाली नेपाल बनाउन सकोस!
बास, त्यत्ती भये पुग्छ आमा हामिलाई!
जय होश मेरी प्यारी आमा नेपालको, जय होश!!

राजेन्द्र कुमार लिम्बु
बेजिङग्स्टक, यु.के.

२६-०३-२०१५


मरुभुमिमा साढे पाल्नु गारोभो!


नेपाल र नेपालिलाई ६०१ पाल्न सारोभो!!
अबत नेपालि हुङ-भन्न पनि लाज मर्दोभो!
अबत बिर गोर्खाली हुङ-भन्न पनि लाज मर्दोभो!!

जो बृधछ उनै पार्टीको अधक्ष!
जो देरै गोघले ग्रस्तछ उनै देशको प्रधान मन्त्री!!
आफुनै असक्तले चलाएको देश कस्तो होला?
त्यहि भयेर देशनै बिराम भयेको होला??

कोहि नेताको मुटु फेर्नु पर्ने!
कोहि नेताको मृगौंला फेर्नु पर्ने!!
अबत पार्टी प्रबेस गरौंदा पनि स्वास्थ्य जाच गर्नु पर्छ!
अस्वास्थ्य नेताहरुलाई पार्टीले हटौंन पर्दछ!!

राजेन्द्र कुमार लिम्बु
बेजिङग्स्टक, यु.के.

२०-०३-२०१५


बेर्थाईमा किन गाईलाई दोश?


दुध दिउन्जेल गौ-माता!!
हरियो देखेर बालि-खादा चोर गाई!
बिचरा उनिको पनि पापि पेटको सवाल्छ!!
उनिलाई के थाहा कुनहो बालि कुन हो घास?
जहा हरियो देख्यो त्यहाँ जानेनै भ-इन!!
हामी भन्ने गर्छौ यो हो चोर गाईको बानी!!
ए हजुर उनिलाई के थाहा कुनहो बालि कुनहो घास?
यती थाहाहुने भये हामी हुनेथियुङ दुई नम्बर उनि एक नम्बर!!
ब्यर्थैइमा नदिनुहोला गाईलाई दोस!!

राजेन्द्र कुमार लिम्बु
बेजिङग्स्टक, यु.के.

१३-०३-२०१५


हे उमेर घटाउने मित्रहरु हो।


उमेर घटाएर फाईदै-फाईदा भयो तर?

उमेर घटाएकोले बृटिश सेनामा भर्ना हुन पाईयो फाईदै भयो!
उमेर घटाएकोले आफु भन्दा जवान श्रीमती पाईयो फाईदै भयो!!
उमेर घटाएकोले ब्रुनाई (GRU) मा नोकरी पाईयो फाईदै भयो!
उमेर घटाएकोले अरु धेरै नोकरीहरु पाईयो फाईदै भयो!!

तर अन्त्यमा अरुले रास्टले दिने सुबिधा ६६ बर्समा पाउने भये आफुले भने ६९ बर्समा मात्र पाउने भन्दापो झन्डै हृदय घात भयो!!
हा,,,,,,,,,,,,,हा!!!

राजेन्द्र कुमार लिम्बु
बेजिङग्स्टक, यु.के.

१२-०३-२०१५


यो मेरो अर्गानिक भनाई हो, केहो यो रहर अनि डर??


जती बृध हुदै गयो उती धेरै जिउने रहर!
जती सपन्न हुदै गयो उती धेरै सम्पती जोढने रहर!!
गृह मन्त्रीलाई प्रधान-मन्त्री बन्ने रहर!
प्रधान मन्त्रीलाई रास्ट-पती बन्ने रहर!!

जती प्रेम बढदै गयो उती बिछोढ हुने डर!
जती साथै बश्यो उती टाढिन्ने डर!!
कुर्सिमा पुग्नेहरुलाई कुर्सि फुत्किन्ने डर!
भ्रस्टचारिहरुलाई अक्तियार को डर!!

राजेन्द्र कुमार लिम्बु
बेजिङग्स्टक, यु.के.

२०-०२-२०१५


मलाई पनी आज प्रथम पल्ट केहि भन्न मन लाग्यो तर.............??


के भन्नु र खै??
रक्सी धोकेर बुढी चुट्नेहरुलाई??
के भन्नु र खै??
हलो अडकाएर गोरु कुट्नेहरुलाई??
के भन्नु र खै??
शंबिधान अड्काएर देश लुट्नेहरुलाई??

रोशन पाहिम  (लिम्बू)

I.C.S.E

बि. स. २०६५


"मेरो प्यारो नेसुम घर"


मलाई नेसुम घर बस्न लाग्छ रहर

बन जङगलले भरिएको छ यहां

प्राकृति सुन्दर्ताको आकर्षण छ यहा।


               झट्ट हेर्दा पुर्बतिर देखिन्छ कुम्भकर्ण

               जति हेर्‍यो उति हेरुं लाग्ने यो सौन्दर्यपूर्ण

               यहां बहन्छ हावा अति मीठो

               यस्को नयन पाउने तृप्ति बढ्दैछ साह्रै छिटो।


तल तिर बग्छ तमोर खोला र उभो छ डांडा

मेरो नेसुम घर देखि म बस्न सक्दिन टादा

पहाडको चुचुरामा छ यहा पाथीभरा

यसको बरदानले भरिएको छ गाउं सारा।


               नबुझिने छ यहांका मानिसहरुका एकता

               भुल्नु नसकिने प्रभाब दिन्छ यसले सर्बदा

               मेरो प्यरो नेसुम् घर्-

               मलाई नेसुम घर बस्न लाग्छ रहर।

रेखा पाहिम (लिम्बू)
बि. स. २०६५

"लिङ्देन हो मेरो गाउँ"

लिङ्देन हो मेरो गाउँ, 
यो गाउँको राम्रो छ नाउँ,
मेरो गाउँ देखि  टाढा बस्दा,
बढेर आउछ मेरो मनको घाउ!  

                     मेरो गाउँको त्यो मीठो हावा,
                     याद आउछ मलाई अहिले सम्म यहाँ,
                     त्यहाँको बनजंगलले छाएकोछ हरियाली,
                     कहिले जानु पाउ फेरि अर्को पालि! 

गाउँमा ती दशैंका रोटे अनि लिंगे पिङ्हरु,
रमाइलो हुन्थ्यो सधैनै ती दिनहरु,
तिहारमा फूलेका ती ढकमक सयपत्री फूलहरु,
सबैलाई सोध्छु कहाँ गए ती दिनहरु!  

                    बिदेशमा बसेर सधै याद गर्छु मेरो गाउँ, 
                    मेरो गाउँको छ अति  राम्रो नाउँ, 
                    बिर्सेको छुइन अहिले सम्म त्यो ठाउँ,
                    म सबैलाई भन्छु लिङ्देन हो मेरो गाउँ!!