PAHIM PARIWAR UK 5TH GET-TOGETHER ON SATURDAY 8TH AUG 2015  AT HUNGRY YETI BUFFET RESTAURANT, LONDON

PAHIM PARIWAR UK 4TH GET-TOGETHER ON SUNDAY 27TH JULY 2014
AT BHETGHAT GURKHA RESTAURANT, ALDERSHOT

PAHIM PARIWAR UK 3RD GET-TOGETHER ON SATURDAY 3RD AUG 2013,
AT YETI RESTAURANT, LONDON

"युकेमा पाहिम परिवार को दोश्रो भेला सम्पन्न र समिती  को पुनर्गगठन आइतबार १० जुलाई २०११"

अल्डरशट वाईट सन/ युकेमा पाहिम परिवार को गत आइतबार १० जुलाई २०११ मा दोश्रो भेला सम्पन्न र समिती पुनर्गगठन भएकोछ। सो दिन बिहानको १० बजे देखि सुरु भैई दिनको १२:३० बजे सम्पुर्न सदस्यहरु भेला भएका थिए। र कार्यक्रम् दुईभागमा बिभाजन् भएको थियो। भाग एक सस्थाको साधारण सभा र भाग दुइमा सस्थाको बार्शिक भेटघाट। दिनको १:३० बजे सस्थाको साधारण सभा सुरु भएको थियो। सुरुमा सश्थाका महासजिब राजेन्द्र कुमार पाहिमले हेल्थ एन्ड सेफ्टी को बारेमा जानकारी गराउनु भयो र सभाको लागि एजेन्डा र कार्य टालिका को बरेमा प्रकाश पार्नु भएको थियो। सस्थाका अधक्क्ष बिजय पाहिम ले सम्पुर्न उपस्थित सदस्यहरुलाई स्वागत गर्दै सस्थाको उदेश्यको बरेमा प्रकाश् पार्नु भएको थियो। त्यशपस्चात समितीका प्रतिनिधीहरुबाट आ-आफ्नो प्रतिबेदन् पेश गर्नु भएको थियो।

        सस्थाको स्थापना भएको दुइ बर्श भएको हुनाले र समितीको पदाअबधि पनि पुरा भएको हुनाले समितिको पुनर्गठन् गरिएको थियो। बिजय पाहिम को अधक्क्षतामा समितिको यसप्रकार गठन भएको थियो:  उपाधक्क्षमा एकराज पाहिम, महासजिबमा रजेन्द्र कुमर पाहिम, सजिबमा बिपिन पाहिम, कोशाधक्क्षमा प्रेम कुमार पाहिम, सह कोशाधक्क्षमा तेज पाहिम, मनोरन्जन तथा सम्पर्कमा लक्ष्मी पाहिम र क्षेत्रीय प्रतिनिधहरुमा: रघुन पाहिम, नबिन पाहिम, धन माया पाहिम (शेर्मा) होमा कुमारी पाहिम (आङ्बुहाङ्), बिना पाहिम र सल्लाकारमा: बिस्नु कुमारि पाहिम (कन्दङ्वा) चुनिन्नु भएका छन्।


        नब कार्य समिती गठन भए पस्चात समितीले आगामि दिनहरुको लागि कर्य योजना बारेमा ब्यापक छल्फल गरि कार्य योजनाहरु तय गर्यो। सदस्य संख्या न्युनतम भएको हुनाले र यु के को ब्यश्ततालाई ध्यानमाराखी आगामि भेटघाट दुई बर्समा मात्र गर्ने निर्णय गरेको छ। सस्थाका माहा सचिबले पाहिम परिवार को वेबसाईट र लोगोको बारेमा प्रकाश पार्नु भएको थियो।
 
         बैठक को अन्त्यमा सस्थाका अधक्क्ष  बिजय पाहिमले भेटघाट को आयोजना सफल भएको र आयोजकहरु: रजेन्द्र कुमर, प्रेम कुमर र एकराज पाहिमहरुलाई धन्यबाध दिनु भएको  भियो। बैठक र भेटघाट सफल पारिदिनु हुने सम्पुर्ण पाहिम परिवरका सदस्यहरुलाई पनि धन्यबाध दिदाई बैठक समाप्त भएको घोसणा गर्नु भएको थियो। बैठक पस्चात पाहिम परिवारको सामुहिक फोटो खिचाईएको थियो। उक्त भेटघाट बिहानको १० बेजे सुरु भैइ बेलुकिको ७ बजे बढो सौहार्द पुर्ण बाताबरणको साथ समाप्त भएको थियो।
 
लेखक: राजेन्द्र कुमार पाहिम
महासचिब: पाहिम परिवार युके

"युकेमा पहिलो पाहिम परिवार भेला सम्पन्न र समिती गठन"

  युकेमा पहिलो ऐतिहासिक पाहिम परिवार भेला सम्पन्न आईतवार १६ अगस्त २००९ बेजिन्स्तोक। (Basingstoke) पाहिम भन्नाले लिम्बु जातिको ४०० भन्दा बेसी थररुमा एक थर हो। पाहिम हुनुको अर्थ लिम्बु भाषामा (पा-केहीङ्बा) अर्थात "बाबु पाल्ने" भनेको हो र पछी आएर पाहिम हुन पुग्यो। यो थर मुख्यगरी पुर्बी नेपाल को तेर्ह्रथुम जिल्लामा बसोबाश गर्दै आएकोमा हाल आएर धरान, इटहरी, दमक, झापा, काठमाण्दू लगायत हाल आएर युकेमा समेत बस्तै आएका छन। सो थर्का युकेमा २६ घर भएको हाल सम्म को गणनामा भएको संघका महासजीब राजेन्द्र पाहिम बताउछन।
 
         उक्त भेलामा पाहिम परिवार युके को पार्टी आयोजक राजेन्द्र कुमार पाहिमले सबै उपस्थित सदस्यहरुलाई न्यानो स्वागत तथा अभिबादन् टक्य्राउनु भयो। प्रेम कुमार पाहिमले परिचयात्मक कार्यक्रम गराउनु भयो।  एकराज पाहिमले गत साल उठाइेएको  चन्दाको बारेमा प्रकाशपार्नु भयो गतसाल नेरु ८३,०००,०० (त्रियासी हजार) बंग्सावली (Family Tree) र नेपाल को समितीको लागिभनेर चन्दा उठाइेएको थियो।
 
          सबैको सहमतिमा पाहिम परिवार युके को समिती खडा गरीएको थियो। उक्त समितीमा चुनिन्नेहरुमा: अध्यक्क्षमा- बिजय पाहिम, उपाध्यक्क्षमा- एकराज पाहिम, महासचिबमा- राजेन्द्र कुमार पाहिम, सचिबमा- बिपिन पाहिम, कोसाध्यक्क्षमा- प्रेम कुमार पाहिम, शह कोसाध्यक्क्षमा- तेज पाहिम र समितिको प्रबक्तामा- शिला पाहिम र छेत्रीय प्रतिनिधीहरुमा क्रमस: धन माया पाहिम (शेर्मा), होमा कुमारी पाहिम (आन्बुहाङ), नबिन पाहिम, रघुन पाहिम, देउमान पाहिम र बिना पाहिम रहनु भएकोछ यसै गरी संघको सल्लाहकार्मा: गणेश पाहिम र बिष्णु कुमारी पाहिम (कन्दङ्वा) चुनिन्नु भएको छ।
 
           त्यस पस्चात सस्थाको बिधान्को बारेमा ब्यापक छलफल गरी बिधान पारीत गरिएको थियो। र पाहिम परिवार युके को सामुहिक फोटोग्राफ खिचाइेएको थियो।
 
          कार्यक्रमको अन्त्यमा संघका महासचिब तथा पर्टिका आयोजक राजेन्द्र कुमार पाहिमले नबनिर्बाचित समितिका पढादिकारीहरुलाई बधाई दिदै आगामी साल २०१० जुलाई/अगस्ट मा पुनह भेट्ने बाचा गर्दै सबैलाई शुभयात्राको कामना ब्यक्त गर्नु भएको थियो।

लेखक: राजेन्द्र कुमार पाहिम
महासचिब: पाहिम परिवार युके

News From Nepali Sandesh Tue 19 July 2011

News From Nepali Sandesh Tue 21 Sep 2010

PAHIM PARIWAR UK 1st GET-TOGETHER 16-08-2009 (NAYA SANDRSH)

PAHIM PARIWAR UK 1st GET-TOGETHER 16-08-2009 (NEPALI SANDESH)